Sagun Khabar
बैतडीकी शिक्षाले तेक्वान्दोमा जितिन् स्वर्ण पदक 

बैतडी –बैतडीकी शिक्षा चन्दले अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेकी छन् ।पञ्चेश्वर गाउँपलिका–३, कुलाउ घर भएकी चन्दले नेपालसहित भारत, दक्षिण कोरिया, स्कटल्याण्ड र बंगलादेश सहभागी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक जितेकी हुन् । 

नवलपरासीको बर्दघाटमा आयोजना गरिएको ५ देश सम्मिलित अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा बैतडीकी चन्दले स्वर्णपदक जितेकी हुन् । 

Atrya hospital

कञ्चनपुरमा फुपुका घरमा बसेर अध्ययन गरिरहेकी शिक्षा पछिल्लो समयमा खेल क्षेत्रमा समेत सक्रिय रहेकी उनका बुवा गम्भीर चन्दले बताए । देशकै प्रतिनिधित्व गरेर छोरीले स्वर्ण पदक जित्दा आफू निकै खुसी भएको उनले बताए । 

चन्दले यसअघि पनि अन्तराष्ट्रिय च्याम्पियनसीपका उपाधि जितिसकेकी छन् । शिक्षा चन्दले खेल क्षेत्रबाट पञ्चेश्वर गाउँपालिकासहित बैतडी जिल्लाकै नाम उचो राखेकाले आफू निकै खुसी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

पालिकाकातर्फबाट उनलाई धन्यवाद समेत ज्ञापन गरिएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update