Sagun Khabar
त्रिपुरासुन्दरी भगवती जात्रा सम्पन्न

बैतडी–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा हिजोदेखि सुरु भएको जात्रा सम्पन्न भएको  भएको छ ।

हरेक बर्ष सो मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिरका मुखिया पदमबहादुर चन्दले जानकारी दिए । अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको त्रिपुरासुन्दरी रियाँसी भण्डार निर्माण समितिका अध्यक्ष हिम्मतबहादुर चन्दले जानकारी दिए ।

Atrya hospital

यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेकोमा यसबर्ष ५रांगाको बलि दिइएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो बर्ष कोरोना भाईरसका कारण अन्य बर्षको तुलनामा दर्शनार्थी कम आएका छन् ।

यस्तै जात्रामा दर्शन गर्न जानेहरुलाई अनिवार्य मास्क लगाउन भनिएको छ भने त्रिपुरा फाउन्डेसन र मेला व्यवस्थापन समितिको तर्फबाट निशुल्क मास्क वितरण गरिएको छ । मेलामा भीडभाड कम गर्नका लागि मेला लाग्ने क्षेत्रमा पसल थाप्न दिइएको छैन् भने मेला क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्रिपुरासुन्दरी भगवती मन्दिर नेपाल सरकारले घोषणा गरेका एकसय पर्यकटीकय गन्त्व्यमा समेत पर्दछ । 
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update