बैतडी–बैतडीको सिगास गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साझेदारी गर्न बजेट छुट्टयाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को बजेटमा गाउँपालिकाले ९०लाख रकम छुट्याएको छ ।
असार १० गते ल्याएको निती, कार्यक्रम तथा बजेटमा उक्त कार्यक्रम समावेस गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । “बेरोजगार व्यक्तिलाई रोजगारी, दिगो बिकास सँग साझेदारी” भन्ने मुल मर्मका साथ सिगास गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमसंग साझेदारी गर्न लागेको उनले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका बेरोजगार व्यक्तिहरुलाई हरेक बर्ष एकसय दिन रोजगारी दिने गरिएको छ ।
उक्त कार्यक्रममा बिदेशमा रोजगारी गुमाएर स्वदेश फर्केका व्यक्तिहरू बढी लाभाम्बीत हुने गरेको रोजगार संयोजक राजेन्द्र सिंह धामीले बताए ।
रोजगारीमा सहयोग पुग्ने हेतुले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साझेदारी गरिएको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाले अहिलेसम्म नमुनायोग्य काम गरेको रोजगार सयोजक धामीले बताए ।