Sagun Khabar
बैतडीको पाटन १० मा  चितुवाको आतंक

बैतडी- बैतडीको पाटन नगरपालिका  वडा न १० मा  चितुवाले आतंक मच्चाएको छ । करिब दुई तिन  महिना देखि पाटन नगरपालिका वडा न १० को जजट्टा ,बाजाँ, सलानी, डैसिली ,गैलेक,तलकोट क्षेत्रमा  चितुवाले आतंक मच्चाएको  हो । 
करिब दुई तिन महिना देखि सो क्षेत्रमा चितुवाले आतंक मच्चाउदा समस्या भएको स्थानीय  पदम राज भट्टले  जानकारी  दिए ।

गाउँमै  पसेर चितुवाले  गोठमा बाँधेका बाख्रा खाने गरेको उनले  बताए । राती गाउँमा पसेको चितुवाले स्थानीय तारा दत्त पन्तको गोठबाट बाख्रा मारेको  उनले  बताए । उनका अनुसार रातीको समयमा  गोठका ढोका फोडेर चितुवाले डैसिलीका स्थानीय तारा दत्त पन्तको गोठबाट एक  खसि र एक बाख्रा खाएको  छ ।  यस्तै जजट्टाका स्थानीय अर्जुनदेब भट्टको एउटा बाखा्र खाएको छ भने दमौडीमा अर्का स्थानीयका दुइ  बाख्रा चितुवाले खाएको बताइएको छ ।

Atrya hospital

 अहिले सम्म चितुवाले ८ ओटा खसि बाख्रा खाइसकेको छ । चितुवाले  बाख्रा मार्न  थालेपछि अहिले  स्थानीय किसानहरु चिन्तीत भएका छन् ।  चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने र  दिउँसो बाखा चराउन जंगल लैजादा पनि चार पाँच जनाले गएर चारैतिरबाट पहरा दिनुपर्ने अवस्था आएको स्थानीयहरुको  दुखेसो  छ । जंगलबाट चितुवा गाउँमा पसेर  बाख्रा खान थाले पछि स्थानीयहरु अहिले त्रसित बनेका हुन्  ।

गोठबाटै बाख्रा, खसी चितुवाले आक्रमण गरेर लैजान थालेपछि गाउँमा त्रास फैलिएको स्थानीय देवदत्त पन्तले बताए । चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पसेर आतंक मच्चाउन थालेको विज्ञहरुको  भनाई  छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update