दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारी हटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेवारीबाट हटाएको हो । यसअघि धामीले दार्चुलाको शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकामा काम गर्दै आएका थिए ।
गएको असोज २ गते मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको समेत जिम्मा दिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १४:३६
प्रतिक्रिया दिनुहोस्