
दार्चुला – दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको मार्मा गाउँपालिका–३ पडपडाका ३२ बर्षीय जगतसिंह धामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
मार्माकै वडा नं ४ स्थित सुनचुन्ना भन्ने ठाउँबाट शनिबार दिउँसो घर फर्कदै गरेका धामी रिठाइनी भन्ने भीरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । धामीको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइसकिएको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८० १८:०४
प्रतिक्रिया दिनुहोस्