बैतडी- बैतडीको पाटन नगरपालिका वडा न ९ किचार स्थित श्री सरस्वती आधारभूत विद्यालयको ३३ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती भाट बिजलेको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा जिल्ला समन्वय समितीका सदस्य प्रेम सिह भाट प्रमुख अतिथी रहेका थिए ।
समारोहमा नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख लोकेन्द्र भण्डारी बिशिष्ट अतिथी रहेका थिए । समारोहमा विद्यालयका प्रधानाध्यापक केशब बहादुर चन्दले २५ लाख ७० हजार ९ सय ४५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् ।
बार्षिकोत्सवको अवसरमा वडा न. ९ का निवर्तमान वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख लोकेन्द्र भण्डारी र सोहि बिद्यालयमा कार्यरत कार्यालय सहयोगी तेज सिह भण्डारीलाई सम्मान गरिएको सहायक प्रधानाध्यापक दिपेन्द्र प्रशाद पन्तले बताए । विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।
निवर्तमान वडा अध्यक्ष लोकेन्द्र भण्डारीले २०७८ सालमा उक्त विद्यालयमा आफुले पाउने पारीश्रमिकबाट २२ हजारको वडा अध्यक्ष अक्षयकोष स्थापना गरेका थिए । सोही अक्षयकोषको ब्याज मार्फत आउने रकमबाट बिद्यालय भरी बाट उत्कृष्ट हुने बिद्यार्थी ,कक्षामा प्रथम हुने बिद्यार्थी ,अपाङ्ग दलित बाट समेत उत्कृष्ट ८ जना बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको बताएको छ ।
यस्तै भुपु बिब्यस अध्यक्ष जगदीश सिह भण्डारीले दश हजारको पितृ नामक अक्षय कोष, भुपु बिब्यस अध्यक्ष दौलत सिह बिजलेले दश हजारको अक्षयकोष र सोहि बिद्यालयमा कार्यरत शिक्षिका द्रोपती चन्द मल्लले पनि दश हजारको बिद्यालयमा अक्षय कोष समेत स्थापना गरिएको छ । बार्षिकोत्सव समारोहमा सरस्वती आधारभुत बिद्यालयको सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र प्रशाद पन्तले बताए ।