बैतडी- बैतडीको सुर्नया गाउँपालिका–७ पत्थरकोट स्थित भुवनेश्वर माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर कुवँरको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर प्रमुख अतिथि रहेका थिए ।
गाउँपालिका प्रबक्ता, प्रताप सिंह महरा, सामाजिक विकास समिति संयोजक केशव बहादुर बिष्ट, वडा नं ७ का वडा अध्यक्ष भक्त बहादुर कुवँर, वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थी विशिष्ट अतिथि रहेक थिए । समारोहमा विद्यालयका प्रधानाध्यापक नन्दराम अवस्थीले ४८ लाख ६५ हजार २ सय २७ रुपैयाँ बराबरको आय , ४९ लाख ८९ हजार नौ सय १४ रुपैया व्यय तर्फको विवरण प्रस्तुत गरेका छन् । यस्तै ९४ लाख ५९ हजार ६ सय ३२ रुपैया आगामी बर्षको लागी प्रस्ताबित बजेट पेश गरिएको अवस्थीले बताए ।
बार्षिकोत्सव समारोहमा भुवनेश्वर माध्यमिक विद्यालयको सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको विद्यालयका प्रद्यानाध्यापक नन्दराम अवस्थीले बताए । बिभिन्न सास्कृतिक कार्यक्रम सहित विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।