Sagun Khabar
बैतडीको सुर्नयाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगद  ४३ हजार दिने
Atrya hospital

बैतडी- बैतडीको सुर्नया  गाउँपालिकाले मेलौलीमा सम्पन्न १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई ४३ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतबार बसेको कार्यपालिकाको बैठकले खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । 

एथलेटिक्समा स्वर्ण विजेता १ जना उत्कृष्ट खेलाडी प्रकाश कुवरलाई १५ हजार र काँस्य पदक बिजेता ४ जना उत्कृष्ट खेलाडीहरुलाई जनही ७÷७ हजार गरी जम्मा ४३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टंक प्रसाद अवस्थीले बताए । काँस्य पदक बिजेता दुई खेलमा सहभागी खेलाडी अनीता अवस्थी लाई १४ हजार  उपलब्ध गराउने बताईएको छ । यसैगरी रबि लुहार र कृष्ण साउद लाई पनि जानही ७÷७ हजारका दरले उपलब्ध गराइने शाखा प्रमुख अवस्थीले बताए ।

मेलौलीमा सम्पन्न १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निकै प्रसंसनीय प्रदर्शन गरेको भन्दै यस पुरस्कार राशीबाट खेलाडीहरुको मनोबल उच्च रहने र खेलाडीहरुको अभिभावकत्व ग्रहरण गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवरले बताए । समग्र खेल क्षेत्रको विकासको लागि गाउँपालिका सक्रिय रहने पनि अध्यक्ष कुवरले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update