काठमाण्डौं –नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।
उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८ १३:१७
प्रतिक्रिया दिनुहोस्