बैतडी- ससुराली गएका बैतडीका बोहरा मृत फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका व डा नं ३ तोली गाउँका ३० वर्षिय सुरेन्द्रबहादुर बोहरा सोमबार विहान मृत फेला परेका हुन् ।
दार्चुला प्रहरीका अनुसार उनी ससुराली दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं २ पाटु टोलमा मृत फेला परेका हुन् । बोहरा सशस्त्र प्रहरीका सहायक हवल्दार समेत हुन् । दुई दिन पहिले बिदा लिएर गएका बोहरा ससुरालीमा रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता गोबिन्द भण्डारीले जानकारी दिए ।
पुर्चौडी नगरपालिका ३ घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार बोहरा कञ्चपुरको बह्रमदेवमा कार्यरत थिए । उनी बिदामा श्रीमतीलाई भेट्न ससुराली गएका थिए । श्रीमती स्वास्थ्यचौकी घुसामा कार्यरत छिन् । उनका एक छोरा एक छोरी रहेका बताइएको छ । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।