Sagun Khabar
सुनको भाउ अहिलेसम्मकै उच्च, बैतडीमा कतिमा भइरहेको छ कारोबार ?

बैतडी– सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि हिजो सुन तोलाको एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Atrya hospital

बैतडीमा सुनको भाउ प्रतितोला एक लाख २५ हजार ५ रुपैयाँ पुगेको बैतडी सुनचाँदी व्यवसायी संघले जनाएको छ । काठमाण्डौंको तुलनामा बैतडीमा प्रतितोला दुई हजार थप हुने गरेको बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश पौडेलले बताए । 

यस्तै चाँदीको भाउ भने आज घटेको छ । हिजो तोलामा एक हजार चार सय ४५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर एक हजार चार सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update