बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा वन अतिक्रमण गरी बनेका संरचनाको विवरण मागेको छ । डिविभजन वन कार्यालय बैतडीलाई परिपत्र गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा सरकारी तथा सार्वजनिक जग्गाहरुमा नियमविपरित निर्माण गरेका संरचना, एवं अतिक्रमण गरिएका जग्गाको विवरणको माग गरेको हो ।
एक पत्र जारी गर्दै प्रशासनले विवरण माग गरेको हो । सरकारी जग्गा अतिक्रमण गरेर बनेका संरचना भए नभएका विवरण साथै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए सोको विवरण समेत पठाउन पत्रमा भनिएको छ । जिल्लाका बिभिन्न ठाउँहरुमा वन तथा सार्बजनिक जमिन अतिक्रमण गरी घर टहरा बनेको पाइएपछि यसको पूर्ण विवरण माग गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माद्वारा हस्ताक्षरित पत्रमा यथाशिघ्र विवरण पठाउन भनिएको छ । डिभिजन वन कार्यालय बसै स्थानीयतहलाई विवरण पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधकारी शर्माले बताए ।