बैतडी –बैतडीका चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । कोरोनाको दोश्रो लहर फैलिएपछि चारओटा पालिकामा पहिलो पटक कोरोनाका सक्रिय संक्रमित शुन्य भएका हुन् ।
यसअघि एक ÷एक पालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका भएपनि शुक्रबार भने चारओटा पालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको छ ।
मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएपछि पहिलो पटक सक्रिय संक्रमितको संख्या पहिलो पटक ३० भन्दा तल झरेको छ । अहिले जिल्लामा २७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसका संक्रमितको संख्या घटेको भएपनि जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कोरोना भाइरसको जोखिम कायमै रहेका स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जोड दिए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनु अनिवार्य रहेको उनले बताए ।
बेलाबेलामा साबुनपानीले हात धुने, भौतिक दुरी कायम गर्ने र मास्कको उचित प्रयोग गर्नुपर्ने बिषयमा सबैले ध्यान दिनुपर्ने उनले बताए ।