बैतडी- बैतडीमा मृत फेला परेको चितुवा गाडिएको छ। बिहीवार जिल्लाको मेलौली नगरपालीका– ८ सुर्नाया नदि किनारमा मृत फेला परेको चितुवा शुक्रबार डिभिजिन वन कार्यालयको परिसरमा गाडीएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।
स्थानीयले चितुवा मृत अवस्था भेटाएका थिए । स्थानीयहरुले खबर गरेपछि सव डिभिजन वन कार्यालय मेलौलीले पोष्टमार्टमका लागि भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनमा पुर्याएको थियो । पाटनमा पोष्टमार्टम पछि वन कार्यालयमा खाडल खनेर गाडीएको प्रमुख यादवले बताए । चितुवाहरु बिच भएको लडाँइले भिरबाट तल खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
करिब अढाइ वर्षको मृत पोथि चितुवाको घाँटीमा पनि घाउ रहेको थियो । पोष्टमार्टम गर्दा पनि मुटु फुटेको पाइएको डिभिजिन वन कार्यालय बैतडीले जनाएको छ ।