बैतडी–बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधाकुमारी ओझा नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित भएकी छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले ओझालाई कांग्रेसको विधान अनुसार कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।
पार्टीले दिएको जिम्मेवारी आफूले इमान्दारितापूर्वक पूरा गर्ने ओझाले बताइन् । नेतृत्वमा महिलाको सहभागिता बढाउन आफूले भूमिका खेल्ने उनले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १३:३८
प्रतिक्रिया दिनुहोस्