बैतडी –पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । सो राजमार्गको अनारखोली–खोड्पे सडक अन्तर्गत पाटन नगरपालिका ८ आरुबाटामा शनिबार बिहान पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८ ११:०२
प्रतिक्रिया दिनुहोस्