कैलाली- कैलालीमा निलम्बनमा परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट २ शिक्षक कुटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले २ शिक्षकलाई कुटपिट गरेका हुन।
उनले नवराज भट्ट र मदनराज भाटमाथि कुटपिट गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरूको बिचमा माइनियुटको विषयमा विवाद भएको हो। विद्यालयका अध्यक्ष रहेका जोशीलाई अभिभावक भेलाले हटाइको थियो। वडा अध्यक्ष तारा प्रसाद अधिकारीका अनुसार जोशीलाई अभिभावक भेलाले हटाउने निर्णय गरेको थियो। उनले सरस्वती पूजाको दोस्रो दिन कक्षा सञ्चालन गर्न भनेका थिए। कक्षा १० का विद्यार्थीहरूलाई प्रश्न गर्ने र उत्तर नदिए, कक्षा ४ मा बसाल्ने गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशीसँग शिक्षक तथा विद्यार्थीहरूको विवाद रहेको थियो। सोही विषयको विवाद लम्कीचुहा नगरपालिकाको नगर शिक्षा समिति हुँदै जिल्ला शिक्षा विकास इकाइसम्म आएको थियो। उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको निर्णयको माग गर्दै जोशी बिहिवार विद्यालय गएका थिए। विद्यालयका प्रधानाध्यापकसँग उनको विवाद सुरु भएका बेला शिक्षकहरू भाट र भट्ट प्रवेश गरेका हुन्। शिक्षकहरूलाई जोशीले नकले हानेका छन्। उनलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ। दुबै शिक्षकहरूको उपचार हुँदैछ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १८:००