Sagun Khabar
धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की

धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्। राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको बताए। उनले सो निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए। 

नगर प्रमुखलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए। ‘धम्की दिने व्यक्ति यही मटियारको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’, प्रमुख विष्टले भने, ‘उसले मेयर सापलाई खबरदार भन्ने लेखेको रहेछ।’

Atrya hospital

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update