काठमाण्डौ – सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७४ रूपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा १७५ रूपैयाँ पर्नेछ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० ०७:१३
प्रतिक्रिया दिनुहोस्