बैतडी- बैतडीमा उन्नत जातका बोका वितरण गरिएका छन् । सामुदायिक पशु प्रजन्न केन्द्र स्थापनाका लागि जिल्लाका १० ओटै स्थानीयतहमा उन्नत जातका बोका बितरण गरिएका हुन् । भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनकापशुसेवा विज्ञ केन्द्र पाटन बैतडीले मंगलवार बैतडीका दश वटै स्थानीय तहहरुमा उन्नत जातका बोका वितरण गरेकोे हो ।
१० ओटै पालिकामा बोका वितरण गरिएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख श्याम सिंह खड्काले जानकारी दिए । दश वटा स्थानीय तहको सम्बन्धित शाखाबाट सिफारिस भएका सकृय कृषक समूहलाई वोयर,खरि,सिरोहि जातका बोका वितरण गरिएको उनले बताए । यसबाट किसानहरुको बाख्रा पालन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १६:३०
प्रतिक्रिया दिनुहोस्