बैतडी –नेकपा एमाले मेलौली नगर कमिटिको अध्यक्षमा भिमदत्त भट्ट सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको नगर अधिवेशनले ४१ सदस्यीय नयाँ नगर कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा परमानन्द भट्ट, सचिवमा सुरेन्द्रदत्त भट्ट, उपसचिवमा लक्ष्मी पोखरेल र केशवसिंहसहित अन्य सदस्यहरु सर्वसम्मत चयन भएका बताइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० ०७:४०
प्रतिक्रिया दिनुहोस्