बैतडी- बैतडीका नाथ कलिलै उमेरमा अस्ताएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो ।
मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको स्थानीय युवा बिर बहादुर नाथले बताए । उनका अनुसार लामो समय देखि बिरामी नाथको केहि दिन पहिले स्वास्थ्य परीक्षणका क्रममा मृगौला फेल भएको पत्ता लागेको थियो ।
दुईटै मृगौला फेल भएर काठमाण्डौंमा उपचार गराइरहेका नाथको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो । तर आज उनको उपचारकै क्रममा निधन भएको छ ।
केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो । नाथको अल्पायुमै निधन भएपछि घरपरिवार, साथिभाइ, इष्ट मित्र र गाउँनै शोक मग्न भएको युवा बिरबहादुरले बताए ।