बैतडी - बैतडीका धन बहादुरको भारतमा मृत्यु भएको छ । भारतमा काम गरेर परिवार पालिरहेका सुर्नया गाउँपालिका ८ सेलाका धन बहादुर साउदको भारतमा मृत्य भएको हो । रोजगारीको सिलसिलामा भारतको राजीस्थान जयपूरमा रहेका ४५ बर्षीय साउदको हृदयघातका कारण मृत्यु भएको आफन्त रामसिंह साउदले जानकारी दिए ।
दुई दशक बढि समय देखि भारतमा नौकरी गरेर परिवार पालिरहेका धनबहादुर संसारबाट बिदा भएका छन्। भारतमा काम गरिरहेका साउदको उतै मृत्यु भएपछि घरपरिवार विचल्लीमा परेको छ । मृतक साउदका घरमा श्रीमती,एक छोरा र ३ छोरी रहेका बताइएको छ ।
भारतमा काम गरेर परिवार पाल्ने साउद गत मंसिर महिनामा घर आएका थिए । छोराको विहे गरेर नौकरी गर्न फेरि भारत गएका उनि अब कहिल्लै नफर्किने गरि अस्ताएका छन् । उनको शव नेपाल ल्याउने तयारी भैरहेको आफन्तहरुले बताए । साउद भारतमा अस्ताएपछि गाउँ नै शोकमा डुबेको छ ।