बैतडी- नेकपा एमालेले बैतडीको शिवनाथ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । सोमवार सम्पन्न गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
शिवनाथको सौगाडामा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा शुक्रसिंह साउद सर्वसम्मत चयन भएका नेकपा एमाले बैतडी उप सचिव पार्वती भट्टले जानकारी दिइन् । यस्तै उपाध्यक्षमा सुरेन्द्रसिंह साउद, सचिवमा मानसिंह चाँड, उपसचिवमा गोपिराम सार्की, कहुरा साउद महता चयन भएका छन् ।
पार्टी अध्यक्ष नरेश बिक, पार्टी इन्चार्ज निरु पाल र केन्द्रिय सदस्य लिलाधर भट्ट , नेता पुरन सिंह दयाल लगायतका एमालेका नेता कार्यकर्ताको उपस्थितिमा सम्मन्न अधिवेशनले ४१ सदस्यीय गाँउपालिका कमिटी सर्वसम्मत चयन गरेको एमाले बैतडीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० ०९:१९
प्रतिक्रिया दिनुहोस्