Sagun Khabar
कांग्रेस क्रियाशील सदस्य संख्या साढे ८ लाख

काठमाडौं – नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या विगतको भन्दा दोब्बर बढीले बढेको छ। नयाँ कियाशील सदस्य संख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ।

तीमध्ये चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन्। क्रियाशील सदस्यता छानविन समितिले पार्टीको पदाधिकारी बैठकमा मंगलबार प्रतिवेदन पेस गरेको छ।

पुराना चार लाख ९ हजारको सदस्यता नवीकरण भएको छ। प्रतिवेदन अनुसार सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार  ६६ जना छन्।

Atrya hospital

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ।

सात सदस्यीय समितिका सदस्य कल्याण गुरुङले भने ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए। 

४१ देखि ६० वर्ष उमेर समूहका बढी

कांग्रेसको क्रियाशील सदस्यमा भने युवाको वर्चस्व देखिएको छ। सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य छन्। १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना अर्थात् ४.५९ प्रतिशतले क्रियाशील पाएका छन्। 

२६ देखि ४० वर्ष उमेर समुहका २ लाख २९ हजार ७७४ अर्थात् २८।३८ जनाले सदस्यता पाउँदा ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४ जना अर्थात् ३७.३० प्रतिशतले सदस्यता पाएका छन्।

६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० जना अर्थात् ९‍।४३ प्रतिशत र ७५ वर्षमाथिका ११ हजार ७८२ जना अर्थात् १.३३ प्रतिशत क्रियाशील सदस्य छन्। नेतृत्वमा भने अधिकांश पाका नेताहरुले दाबी गरिरहेका छन्। पदाधिकारीका आकांक्षी पनि पाका उमेरकै छन्। 

समावेशीतर्फको संख्या

कांग्रेसमा अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्। मधेसी ९५ हजार १ सय ४१, मुस्लिम १६ हजार ९ सय ७०, थारू २७ हजार ६ सय १५, अपांगता भएका दुई सय एक, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११ र दलित ४५ हजार चार सय १७ जना छन्।

प्रदेश अनुसारको विवरण 

प्रदेश अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्। प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना छन्। 

यस्तै लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

-थाहाखबरबाट 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update