काठमाण्डौ – सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई नियुक्त गरेर नयाँ प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।
गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर अमिक शेरचनलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
बर्खास्ती र नियुक्तिका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।
-उज्यालो अनलाइनबाट
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८ १८:४५
प्रतिक्रिया दिनुहोस्