Sagun Khabar
योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त
Atrya hospital

काठमाण्डौ – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्व पौडेल नियुक्त भएका छन्  । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा युवा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको हो ।

पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसकेका छन् । यस्तै उनले न्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसकेका छन् ।  

यस्तै बैठकले योजना आयोगको सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update