डडेल्धुरा–डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
मंगलबार (हिजो) श्रीमान–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले आफ्नै श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडाध्यक्ष प्रमोदबहादुर मल्लले जानकारी दिए ।
घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ ।
अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरेको छ । उनका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्