बैतडी –रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का चक्र घटालको करेन्ट लागेर मृत्यु भएको हो ।
भारतको एक होटलमा कार्यरत उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रिजबाट सामान निकाल्ने क्रममा घटालको करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८ १०:२३
प्रतिक्रिया दिनुहोस्