बैतडी –बैतडीमा लागू औषध (चरेश) मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका –५ का ३५ बर्षीय सुरेशबहादुर बिष्टलाई शुक्रबार साँझ साढे ६ बजे दशरथचन्द नगरपालिका –४ छेलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बैतडीले बिष्टलाई चरेश मुद्दामा ४ महिना १९ दिनको कैद सजाय र २ हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि बिष्टलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।
पक्राउ परेका बिष्टलाई आइतबार अदालतमा उपस्थित गराएर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ ०८:३२
प्रतिक्रिया दिनुहोस्