कैलाली –कैलालीमा चेक अनादर मुद्दाका एकजना फरार दोषी पक्राउ परेका छन् । चेक अनादर मुद्दामा दोषी ठहर भएका गोदावरी नगरपालिका १ का ५९ बर्षीय चन्द्रदेव पन्तलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पन्तलाई जिल्ला अदालत कैलालीले ५ सय रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पन्तलाई घरबाटै पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ ०८:४६
प्रतिक्रिया दिनुहोस्