Sagun Khabar
बैतडी र दार्चुलामा आँखा शिविर, आँखाको ज्योति फर्किदा नागरिक खुसी 

बैतडी –बैतडी र दार्चुलाका विभिन्न स्थानमा सञ्चालन भएका शिविरबाट आँखाको ज्योति फर्किएपछि आँखाको समस्या भएका नागरिक खुसी भएका छन् । मोतीबिन्दु भएका नागरिकलाई स्थानीयस्तरमै शल्यक्रिया सेवा दिने उद्देश्यसहित सञ्चालन भएको शिविरले नागरिकलाई सहज भएको हो । 

यसै साता नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना, रोटरी क्लब अफ इलमरेम, फ्रेड हलोज फाउण्डेसन र मार्मा गाउँपालिकाको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको गेटा आँखा अस्पतालका शिविर संयोजक नरेन्द्रराज बिष्टले जानकारी दिए । 

बैतडीको दशरथचन्द नगरपालिका ४ स्थित जिल्ला अस्पताल बैतडीमा शिविर सञ्चालन गरिएको थियो भने दार्चुलाको खलंगा, गोकुलेश्वर र लटिनाथमा शिविरको आयोजना गरिएको हो । 

Atrya hospital

बैतडीमा दशरथचन्द नगरपालिका र दार्चुलामा महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मार्मा गाउँपालिकासंगको समन्वयमा शिविर सञ्चालन गरिएको हो । 

जिल्ला अस्पताल बैतडीमा यही वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा ५ सय ६५ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँच गराउन आएकामध्ये ६० जना पुरुष र ६७ जना महिला गरेर १ सय २७ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको बिष्टले जानकारी दिए । जिल्लाकै अस्पातलमा मोतीबिन्दुको शल्यक्रियापछि दृष्टि देख्न पाउँदा नागरिक निकै खुसी भएका शिविर संयोजक बिष्टले जानकारी दिए । 

दार्चुलाको खलंगामा सञ्चालन भएको शिविरमा १ हजार २ सय ९ जनाले सेवा लिएकोमा ९९ पुरुष र १ सय ३ महिला गरी २ सय २ जनाको शल्यक्रिया गरिएको बिष्टले जानकारी दिए । उनीहरुको आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । 

यस्तै गोकुलेश्वरमा आयोजना गरिएको शिविरमा ९सय १३ जनाले सेवा लिएकोमा ९७ पुरुष र ७८ महिला गरी १ सय ७५ जनाको शल्यक्रिया गरिएको थियो । 

यस्तै मार्मा गाउँपालिकाको लटिनाथमा आयोजना गरिएको शिविरमा ६ सय ९० जनाको आँखा जाँच गरिएकोमा २९ पुरुष र ३१ महिला गरी ५५ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर संयोजक बिष्टले जानकारी दिए । 

गेटा आँखा अस्पतालले हरेक बर्ष सुदूरपश्चिमका प्रत्येक जिल्लाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । आर्थिक र अन्य हिसाबले गेटा आँखा अस्पताल पुग्न नसक्ने नागरिकहरुलाई लक्षित गरेर स्थानीयस्तरमै शिविर सञ्चालन गर्ने गरिएको बिष्टले बताए । उनले भने ‘हामीले हरेक बर्ष निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएका छौं । यसबाट स्थानीयस्तरमा आँखाको समस्या भएका नागरिकले सेवा लिँदै आएका छन् ।’

गत बर्ष सुदूरपश्चिमका ९ ओटै शल्यक्रियासहितको निशुल्क शिविरको आयोजना गरिएको थियो । ती शिविरहरुमा १४ हजार ५ सय जनाको आँखाको परीक्षण गरिएको र झण्डै ३ हजार १ सय जनाको आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको बिष्टले जानकारी दिए । 

Eye-1715409024.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update