Sagun Khabar
डोटीमा चट्याङ लागेर एक महिला घाइते 

डोटी –डोेटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।

जिल्लाको जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वतीदेवी बोहरा चट्याङ लागेर घाइते भएकी हुन् । 

Atrya hospital

बोहराको घरमा आज बिहान परेको चट्याङले उनी घाइते भएकी प्रहरीले जनाएको छ । 

चट्याङबाट बोहराको घरमा क्षति पुग्नुकासाथै गोठमा रहेको १ बाख्रा समेत मरेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । 

घाइते बोहराको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update