Sagun Khabar
बैतडीमा हुने बृहत खुला महिला–पुरुष भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक

बैतडी –बैतडीमा बिहीबारदेखि सञ्चालन हुने बृहत अन्तरपालिकास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । निङ्गलाशैनी खेलमैदानमा देहीमाण्डौं हुने प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको हो ।  

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा सञ्चालन हुने  पालिकास्तरीय खुला महिला –पुरुष भलिबल प्रतियोगितामा शिवनाथ गाउँपालिका बाहेक जिल्लाका ९ ओटा पालिकाका टीमको सहभागिता रहने जानकारी दिइएको छ । 

महिलातर्फ १० र पुरुषतर्फ १४ टीम गरी २४ टिमले प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खुलकुद महासंघका बैतडी इन्चार्ज मनोज ठकुराठीले जानकारी दिए । शिवनाथ गाउँपालिकाबाट प्रतियोगितामा सहभागिता नजनाएको भएपनि जिल्ला खेलखुद महासंघ बैतडीका इन्चार्ज मनोज ठकुराठी लगायतको समूहले महिलाको टोली सहभागि गराउने भएका छन् । 

Atrya hospital

पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट महिला र पुरुषका दुई÷दुई ओटा टीम सहभागिता जनाउने ठकुराठीले जानकारी दिए । यस्तै मेलौली र सुर्नयाबाट पनि पुरुषतर्फ दुई ÷दुई टोलीले सहभागिता जनाउने बताइएको छ । 

खेल तालिका भोलि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

बृहत अन्तरपालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगिताको उद्दघाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । 

प्रतियोगिताको उद्दघाटन सत्रमा बैतडीमा जन्मिएका कलाकारहरुले आ–आफ्नो प्रस्तुती राख्ने कार्यक्रम तय गरिएको छ । 

प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया तय गरिएको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको भने तेस्रो पुरुस्कार ४४ हजार ४४रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ । महिला र पुरुष टीमलाई पुरस्कार राशी सामान राखिएको खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरुस्कारको व्यवस्था गरिएको छ । नगद पुरुस्कारको साथमा मेडल र ट्रफी पनि प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update