Sagun Khabar
बैतडीमा  खुला महिला –पुरुष भलिबल प्रतियोगिता शुरु 

बैतडी–बैतडीमा बृहत खुला महिला –पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । बिहीबार एक कार्यक्रमकाबीच निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले प्रतियोगिताको उद्दघाटन गरेका छन् । 

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा शुरु भएको प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १४ टीम गरी २४ टिमले सहभागिता जनाएका छन् । 

Atrya hospital

प्रतियोगिताको उद्दघाटन सत्रमा देउडा गायक महेशकुमार औजी, जयराज भट्ट लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए । 

प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैयाँ रहेको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ । महिला र पुरुष टीमलाई पुरस्कार राशी सामान राखिएको खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरुस्कारको व्यवस्था गरिएको छ । नगद पुरुस्कारको साथमा मेडल र ट्रफी पनि प्रदान गरिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update