Sagun Khabar
कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित

काठमाण्डौ – प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएको छ ।

झन्डै दुई घण्टा ढिलो गरी शुरु भएको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवरोध गरेका थिए । अवरोधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल भएको हो ।

Atrya hospital

सांसदहरूबीच धकेलाधकेलको अवस्था भएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् । 

यसअघि आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि दिउँसो ४ बजेका लागि सारिएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद्को दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update