Sagun Khabar
बैतडीमा ११ ओटा विद्यालयका दुई कोठे भवन निर्माण हुँदै 

बैतडी –बैतडीमा चालु आर्थिक बर्षमा ११ओटा विद्यालयका दुई कोठे भवन निर्माण भइरहेका छन् । सुदूरपश्चिम सरकारले सामाजिक विकास कार्यालयमार्फत ती भवन निर्माण कार्य गरिरहेको हो । 

चालु आर्थिक बर्षभित्र सम्पन्न हुने गरेर भवन निर्माण कार्य भइरहेका सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । जिल्लाको डिलाशैनी गाउँपालिका ६ स्थित निङ्गलाशैनी आधारभूत विद्यालय र वडा नं ५ स्थित जगदम्बा आधारभूत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । 

Atrya hospital

अन्य ९ ओटा विद्यालय भवन निर्माण कार्य अन्तिम चरणमा रहेको कार्यालय प्रमुख जोशीले बताए । ती भवन निर्माणका लागि प्रति विद्यालय २१ लाख रुपैयाँ बजेट रहेको उनले बताए । 

डिलाशैनी गाउँपालिका ३ स्थित दुर्गा मावि सिमार र वडा नं १ स्थित दुर्गेश्वरी आधारभूत विद्यालय रमलाको भवन निर्माण कार्य भइरहेको छ ।

यस्तै सिगास गाउँपालिका ६ स्थित सिगास मावि रक्सौन, वडा नं १ स्थित महादेवपार्वती आधारभूत विद्यालय र वडा नं ३ स्थित सीताराम आधारभूत विद्यालयको भवन निर्माण अन्तिम चरणमा रहेको कार्यालय प्रमुख जोशीले बताए । 
यस्तै मेलौली नगरपालिका ६ स्थित जगदम्बा मावि हतरंगा, पाटन नगरपालिका ४ स्थित सहस्त्रलिङ्ग आधारभूत विद्यालय, वडा नं ६ स्थित गलकेदार समैजी आधारभूत विद्यालय र दशरथचन्द नगरपालिका ७ स्थित कैलपाल मावि ऐँचेकाँडाको भवन निर्माण कार्य भइरहेको सामाजिक विकास कार्यालयले जनाएको छ । 

यस्तै २१ लाखकै लागतमा डिलाशैनी गाउँपालिका १ स्थित आदर्श आधारभूत विद्यालयको खेलमैदान निर्माण गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update