Sagun Khabar
भीरबाट खसेको ढुंगा लागेर डडेल्धुरामा एकजनाको मृत्यु 

डडेल्धुरा – भीरबाट खसेको ढुंगा लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । 

जिल्लाको परशुराम नगरपालिका–५ ठकुरी टोलका ५१ वर्षीय गणेश लुहारको ढुंगा लागेर मृत्यु भएको हो । 

Atrya hospital

महाकाली किनारको घोप्टे भन्ने ठाउँमा हावा–हुरीका कारण भीरबाट खसेको ढुंगा लागेर गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । 

टाउकोमा चोट लागेका उनको घटना स्थलमा मृत्यु भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय, जोगबुढाको टोलीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update