Sagun Khabar
यार्सागुम्बा संकलनका क्रममा भीरबाट लडेर दार्चुलाका एक युवकको मृत्यु 

दार्चुला –यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर दार्चुलाका एक युवकको मृत्यु भएको छ । 

जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा यार्र्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । 

Atrya hospital

काँटैस्थित दोनथे भन्ने वनमा यार्र्सागुम्बा खोज्ने क्रममा शुक्रबार भिरबाट लडेर उनको मृत्यु भएको हो । 

यार्सा खोजेर बास बस्ने ठाउँमा फर्कने क्रममा कार्कीको लडेर मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update