Sagun Khabar
प्रदेशस्तरीय लोक गायन प्रतियोगितामा बैतडीका बोहरा प्रथम 

बैतडी –सुदूरपश्चिम प्रदेशस्तरीय लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम भएका छन् । कैलालीको अत्तरीयामा शनिबार सम्पन्न प्रतियोगितामा बोहरा प्रथम भएका हुन् । पुचौडी नगरपालिका ५ दहताल घर भएका बोहरा लोक गायनको क्षेत्रमा रुचि राख्दै आएका छन् ।  

बोहराले प्रतिायोगितामा गायक महेशकुमार औजीको स्वरमा रहेको कलेजी कटाउने माया भन्ने भाका प्रस्तुत गरेका थिए । उनले नगद पन्ध्र हजार रुपैँयासहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

Atrya hospital

प्रतियोगितामा बझाङका कुलेन्द्र परियार द्वितीय भएका छन् । परियारले दश हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । परियारले गायक भोजराज भट्टको स्वरमा रहेको ‘हरबे हरहर’ बोलको भाका प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा बाजुराकी मनिषा विकले तेस्रो स्थान हाँसिल गरेकी छन् । उनले सात हजार रुपैँया नगदसहित प्रमाणपत्र प्राप्त गरेकी छिन । उनले प्रतियोगितामा ठाडी भाका प्रस्तुत गरेकी थिईन् । त्यस्तै कञ्चनपुरकी हेमन्तु रानाले चौथो स्थान हाँसिल गरेकी छन् । 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा एक दिवसीय “सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१” सम्पन्न गरिएको हो । 

प्रतियोगिताको निर्णायकको भुमिकामा नरेन्द्र राज रेग्मी, लालबहादुर धामी(अछामी बड्डो),सुरत रावत (डोटेली कान्छा) रहेका थिए । 

लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउन प्रतियोगिताको आयोजना गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update