Sagun Khabar
डडेल्धुरामा मिनि ट्रक दुर्घटना : सहचालकको मृत्यु 

डडेल्धुरा –डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ ।

शनिबार ११ बजे अमरगढी नगरपालिका–१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशब ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दिपककुमार कार्कीले जानकारी दिए ।

Atrya hospital

ट्रकमा चालक र सहचालक गरी २ जना सवार रहेका थिए । चालक ३२ वर्षीय रामबहादुर ऐर अहिलेसम्म सम्पर्क विहीन रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरु अमरगढी नगरपालिका–१ को कालिका निमार्ण सेवाबाट काम गरेर घर फर्कीरहेका थिए ।  
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update