बैतडी –बैतडीमा बिहीबार थप तीनजनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका थप तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिकाका ३४ जनाको पीसीआर परीक्षण गर्दा तीनजनामा कोरोना पुष्टि भएको हो ।
यस्तै आज तीनजना संक्रमणमुक्त भएका छन् । पाटन नगरपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकाका १ जना संक्रमणमुक्त भएका हुन् । जिल्लामा अहिले २८ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, पाटन नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना र सिगास गाउँपालिकामा २ जना रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका छन् ।