Sagun Khabar
सन्दीपले वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपको खेल खेल्ने

काठमाण्डौ – क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेलहरु खेल्ने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामिछानेले खेल्ने भएका जानकारी गराएको हो । 

Atrya hospital

वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ । अब दुवै खेलमा खेलमा सन्दीपले सहभागिता जनाउने भएका छन् । अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरिएको क्यानले जनाएको छ ।

sandip_lamichhane_final-1717987563.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update