Sagun Khabar
बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका एक जवानको मृत्यु 
Atrya hospital

बझाङ –बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । 

बाढी र त्यसले पार्ने क्षति न्यूनीकरणका लागि कृत्रिम अभ्यास गर्दागर्दै उनी डुबेका थिए । सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update