Sagun Khabar
यू–१९ सुदूरपश्चिम छनौट : कैलालीको दोस्रो जित

बैतडी –वाई वाई यू १९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह बी को पाचौं खेलमा कैलाली विजयी भएको छ ।

कैलालीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बझाङलाई १०४ रनले पराजित गरेको छ । यसअघि पहिलो खेलमा कैलालीले अछामलाई पराजित गरेको थियो । 

Atrya hospital

कैलालीले दिएको २१४ रनको लक्ष्य पछ्याएको बझाङ २५.३ ओभरमा १०९ रनमा सिमित रह्यो । उसका हिमाल दौल्यालले सर्वाधिक १९ रन बनाए । कैलालीका नरेन साउँदले ४ विकेट लिए ।

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको कैलाली ३५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन साउँद र कृष साउदले अर्धशतक बनाए । नरेनले ७१ र कृषले ५१ रनको योगदान गरे ।
अलराउन्डर प्रदर्शन गर्दै टोलीलाई जिताउने कैलालीका नरेन साउद म्यान अफ द म्याच चुनिए ।

यो दोस्रो जितसंगै कैलालीको ४ अंक जोड्दै फाइनल नजिक पुगेको छ । भोलि हुने कञ्चनपुरसंगको खेल जिते कैलाली फाइनल पुग्नेछ । अन्यथा कञ्चनपुर फाइनल खेल्ने स्कोरर लोकेश जोशीले जानकारी दिए ।

समूह बी बाट शिर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसंग भिड्नेछ । समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।

जेठ २० गतेदेखि शुरु  प्रतियोगितामा  क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको उनले बताए । 

दुबै समूहबाट शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update