Sagun Khabar
डडेल्धुरामा रोपाइँको खाना खाँदा २० जनाभन्दा बढी बिरामी 

डडेल्धुरा –डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन् । 

जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकै साथ बिरामी परेका हुन् । 

Atrya hospital

शुक्रबार  रोपाइँमा एकै साथ खाना खाएका २० जनाभन्दा बढी स्थानीय बिरामी परेका जोगबुढा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीले बताए । 

रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखिएको उनले बताए । बिरामी परेकामध्ये ७ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बताइएको छ । 

फुड पोइजनबाट यस्तो समस्या देखापरेको हुन सक्ने भएपनि ल्याब टेस्टबाट मात्रै रोगको पहिचान हुने सूचना अधिकारी धामीले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update