Sagun Khabar
बैतडीकी कल्पनाको ‘मेरो दुःख, मेरो पीडा’ सार्वजनिक

बैतडी–बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बालप्रतिभा कल्पना बिष्टको स्वर रहेको ‘मेरो दुःख, मेरो पीडा’ सार्वजनिक भएको छ । भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बिष्टले गाएको गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ ।

गीतको भिडियोमा गायिका विष्टसहित अर्जुन सापकोटा, नवराज थापाको समेत अभिनय रहेको । भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका हुन् । 

Atrya hospital

महेश महराको छायाङ्कन, कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियो डिजिटल चिम्पान्जी इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको छ ।

सुमधुर स्वर रहेकी बिष्टको प्रतिभाका बिषयमा सगुन अनलाइन टीभीले पहिलो पटक खबर बाहिर ल्याएको थियो । पछिल्लो समयमा बालप्रतिभा विष्ट काठमाण्डौंमा रहेकी छन् । काठमाण्डौंमै अध्ययन र संगीत क्षेत्रलाई अगाडि बढाउने उनको योजना रहेको छ ।

https://www.youtube.com/watch?v=BrBwIHsqEnU&t=1s
यहाँ क्लिक गरेर यो गीत हेर्न र सुन्न सकिन्छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update