Sagun Khabar
बैतडीले जित्यो यू–१९ सुदूरपश्चिम छनौटको उपाधि

बैतडी–वाई वाई यू १९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि बैतडीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनको जित निकाल्दै बैतडीले उपाधि रक्षा गरेको हो ।
बैतडीले दिएको २३१ रनको लक्ष्य पछ्याएको कैलाली २५.५ ओभरमा १५६ रनमा अलआउट भयो ।

उसका नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाएपनि अन्य ब्याटरले खासै प्रदर्शन गर्न नसक्दा कैलालीले उपविजेतामै चित्त बुझायो ।

Atrya hospital

बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट हात पारे । म्यान अफ द फाइनल समेच चुनिएका सचिनले ७.५ ओभरमा ४१ रन खर्चिदै ६ विकेट लिएका हुन् ।

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले ४५ ओभरमा २३० रन बनायो ।

जसमा आयुस चन्दले अविजित ६३,कप्तान नरेन भट्टले ४८,सुमित बुडालले ३८, सचिन भट्टले २६ रन योगदान गरे । कैलालीका लागि डम्बर माझी र भुपेश जोशीले ३÷३ विकेट झारे ।

विजेता उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का, परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी, केन्द्रीय सदस्य धिरेन्द्र सावद, विक्रम विष्ट, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी, उपाध्यक्ष रमेश बोहरा,सचिव लक्ष्मण भट्टलगायतले पुरस्कार वितरण गरे ।

जेठ २० गतेदेखि शुरु  प्रतियोगितामा  क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको थिए ।

यो छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए ।
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update