Sagun Khabar
चौलानी तटमा साहित्यक मेला 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरमा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तरर्राष्ट्रिय काव्य गोष्ठी शुरु भएको छ । 

राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा सम्मेलन शुरु गरिएको हो । 

सम्मेलनमा नेपाल तथा भारतका साहित्य अनुरागीहरुको सहभागिता रहेको छ । चर्मण्वती सभ्यताको उजागार गर्ने र साहित्यका माध्यमबाट मित्रराष्ट्रहरुबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । 

Atrya hospital

गंगादशहराका दिन चर्मण्वती दिवस घोषणा गरिएको र सोही दिवसको अवसर पारेर सम्मेलनको आयोजना गरिएको राष्ट्रियता अभियान संरक्षणका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए । उनले भने ‘चर्मण्वती सभ्यताको बिषयमा जानकारी दिनका लागि हामीले सम्मेलनको आयोजना गरेका हौं । यसले सभ्यता विस्तारमा सहयोग गर्नेछ ।’

सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा.पिताम्बर अवस्थी,डा. अरुणप्रतापसिंह भदौरिया  गायिका भगवती दनुपुरिया, कथक नृत्यकार गुरु हेमन्त महाराज लगायतको सहभागिता छ । 

यस्तै नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु),जगदीश ओझा,गंगा बिष्ट,तीर्थराज पाण्डेय लगायतको सहभागिता छ । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्य र सभ्यताका बिषयमा छलफल हुने राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष लेखकले बताए । 

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको अध्यक्षतामा भएको सम्मेलन उद्दघाटन सत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । यस्तै उद्दघाटन सत्रमा विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक, शैल्यशिखर नगरपालिकाका प्रमुख वियजसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा लगायतको सहभागिता रहेको थियो । 

सम्मेलनको उद्दघाटन सत्रका वक्ताहरुले साहित्य सम्मेलनले यो क्षेत्रमा भाषा, साहित्य र सभ्यताको उन्नयनमा सहयोग पुग्ने बताए । 

साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको उद्दघाटन सत्रमा बोल्दै भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीले साहित्यको सिमाना नहुने बताए । यस्ता सम्मेलनले दुईदेशबीचको सम्बन्धलाई अझै बलियो बनाउने बताए । 

यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्तले साहित्य सम्मेलनले यो क्षेत्रको सभ्यता चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीले चौलानी नदीको सभ्यता र यसको महत्वका बिषयमा उजागर हुने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 
सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न साहित्यक प्रस्तुतीका साथै चर्मण्वती सभ्ययता, साहित्य र सिमाना लगायतका बिषयमा छलफल हुनेछ । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update